Live Streaming

विप्लपले सशक्त आन्दोलन गर्ने

अन्नपूर्ण

काठमाडौं,१७ कार्तिक । नाकाबन्दीविरुद्ध विप्लप नेतृत्वको माओवादीले सशक्त आन्दोलन गर्ने भएको छ।  विप्लपले मंगलबार विज्ञप्ती जारी गर्दै तिहारपछि शसक्त आन्दोलन गर्ने जानकारी दिएका हुन्।

 भारतले संविधान, सरकार निर्माण र तराई मधेशमा चलेको आन्दोलन कुत्सित भावनाबाट प्रेरित भई नाकाबन्दी लगाउने, नेपालकोराष्ट्रिय स्वाधीनतामा खलल पुर्‍याउने काम गरिरहेको आरोप विप्लपले लगाएका छन्।

 यस परिस्थितिमा नेपालका सबै देशभक्त शक्ति एक भएरप्रतिरोध गर्न उनले आव्हान गरेका छन्। विज्ञप्तीमा भनिएको छ, तिहार सकिने बित्तिकै भारतलेलगाएको एकतर्फी नाकाबन्दी, लगातार गरिरहेको हस्तक्षेपका विरुद्ध सशक्त राष्ट्रिय मुक्ति आन्दोलन गर्नेछौं।

 नाकाबन्दीका नाममा देखा परेको अभावको अवसर छोपी चलाइएको कालोबजारी, भ्रष्टाचारकाविरुद्ध पनि कारबाही गरिने पनि विप्लपले जनाएका छन्। विज्ञप्तीमा जनताको इच्छा, जनयुद्ध र विभिन्न जनआन्दोलन विपरित बनेको संविधानका विरुद्ध भएका मधेशी, थारु, जनजाति आन्दोलनहरुप्रति पार्टीको समर्थनर ऐक्यबद्धता रहँदै आएको उल्लेख गर्दै भनिएको छ, नेपाली जनताले आफ्नो अधिकारकालागि गरेका आन्दोलनहरुबाट नाजायज फाइदा उठाएर अहिले भारतले अघोषित नाकाबन्दी गरिरहेको छ।'

 आन्दोलनहरुमा भारतको अनावश्यक सरोकार राखेकोकुरा कार्तिक १७ गते बीरगञ्जमा घटेको घटनाले पुष्टि गरेकोविज्ञप्ती छ। संविधान निर्माणमा देखिएको आन्तरिक अन्तरविरोधको नाजायज फाइदा उठाएर भारतले लगाएको नाकाबन्दीले अहिले सिंगो नेपाल आक्रान्त बन्न पुगेको उल्लेख गर्दै भने, 'जनतालाई अत्यावश्यक उपभोग्यबस्तु मुख्यतः पेट्रोलियम पदार्थ तेल र एलपी ग्यासमा लगाएको नाकाबन्दीले देश र जनताको जनजीवन असाध्यै कष्टकर बनेको छ ।'