Live Streaming

एमाओवादीका नेता पार्टी परित्याग गर्दै

काठमाडौं,१७ कार्तिक । बाबुराम भट्टराईलाई समर्थन गर्ने एमाओवादी नेताहरूले आज पार्टी परित्याग गर्ने भएका छन् । पार्टी त्याग गरेको पत्र अध्यक्ष पुष्पकमल दाहाललाई दिएर उनीहरुले पार्टी छाडेको घोषणा गर्ने तयारी गरेका हुन् । भट्टराई निवास सानेपामा हिजो दिनभरको बैठकपछि उनीहरूले पार्टि परित्यागको घोषणा गरेका हुन।

नयाँ शक्ति अभियानका नामबाट संगठन विस्तार गरेर दुई महिनापछि मात्रै नयाँ पार्टी घोषणा गर्ने तयारी गर्न लागिएको नेता देवेन्द्र पौडेलले जानकारी दिनुभयो । ५० जनाभन्दा बढीले एमाओवादीबाट अलग भएको घोषणा गर्ने उहाँले बताउनुभयो ।

नेताहरू देवेन्द्र पौडेल, हिसिला यमी, नवराज सुवेदी, रामचन्द्र झा, वामदेव क्षेत्री, महेन्द्र पासवान, भक्तबहादुर शाह, गंगा श्रेष्ठ, कुमार पौडेल, रामरिझन यादव, प्रभु साह, लीलबहादुर थापा, रामकुमार शर्मा, नन्दन दत्त, बलावती शर्मा, देवी खड्का, लीला भण्डारी, कर्णध्वज केसी, कृष्ण शर्मा, खिमलाल देवकोटा, कल्पना धमला, देवेन्द्र पराजुलीलगायत अलग हुने तयारीमा छन् ।