विरगञ्जमा गोली चल्यो , एक प्रदर्शनकारीको मृत्यु
पर्सा,१६ कार्तिक । पर्साको वीरगञ्जमा प्रहरीले चलाएको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको छ । शंकराचार्य गेट नजिक प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड हवाइ फायर र अश्रुग्यास प्रहार गरेको थियो । शंकराचार्य गेट नजिक प्रहरीले चलाएको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको पत्रकार श्याम सर्राफले जानकारी दिए । मृतकको सनाखत भएको छैन । उनको टाउकोमा गोली लागेको छ ।
सर्राफका अनुसार शव पनि प्रहरीले नै नियन्त्रणमा लिएको छ । वीरगञ्ज(रक्सौल जोड्ने मितेरी पुलमा प्रहरीले हस्तक्षेप गरी विहान मधेसी मोर्चाका कार्यकर्ताहरुलाई हटाएपछि स्थिति तनावपूर्ण बनेको थियो । मोर्चाका कार्यकर्ताहरुले वीरगञ्जको हुलाक कार्यालय र महुवन प्रहरी चौकीमा आगजनी समेत गरेका छन् । उनीहरुले सडकका बिभिन्न स्थानमा टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन् ।
प्रहरीले सोमबार बिहान हस्तक्षेप गरेर खुलाएको वीरगन्ज रक्सौल नाका मधेशी मोर्चाका नेता कार्यकर्ताहरुले बिहान ११ बजे देखि फेरि ठप्प पारेका हुन् । मधेशी मोर्चाका नेता कार्यकर्ताहरु बिहान ११ बजे देखि फेरि मितेरी पुलमा धर्ना दिएर ठप्प पारेका हुन् । मोर्चाका नेता कार्यकर्ताहरुको प्रदर्शन उग्र बनेपछि अहिले स्थानीय प्रशासनले कफ्र्यु लगाएको हाम्रा सहकर्मी क्रान्ती शाहले जनाएका छन् ।