आधा सिलिण्डर ग्यास आज पनि वितरण गरिने
काठमाडौं,१६ कार्तिक । काठमाडांै उपत्यकामा आधा सिलिण्डर ग्यास वितरण आज पनि जारी रहने विक्रेताहरुले बताएका छन् । भारतले गरेको अघोषित नाकाबन्दीका कारण राजधानीमा देखिएको ग्यासको अभाव कम गर्न शनिबारदेखि आधा सिलिण्डर ग्यास वितरण थालिएको हो ।
यद्यपि वितरण प्रक्रिया स्पष्ट नहुँदा उद्योगी व्यवसायी मनोमानी रुपमा ग्यास वितरण गरिरहेको गुनासो बढेको छ । अधिकांश डिलरहरुमा ग्यास नपुगेकाले निकै थोरै उपभोक्ताले मात्र ग्यास पाएको नेपाल एलपी ग्यास बिक्रेता महासंघले जनाएको छ ।
उद्योगीहरुले उद्योगबाटै ग्यास बितरण गर्न थालेपछि विक्रि–वितरण प्रभावकारी हुन नसकेको महासंघका महासचिव चन्द्र थापाले जानकारी दिनुभयो । सरकारले सुरक्षा दिने भन्दाभन्दै पनि उद्योगीहरुको नाफखोरी प्रबृत्तिका कारण उपभोक्ताले ग्यास पाउन नसकेको उहाको भनाई छ ।
नेपाल एलपी ग्यास उद्योग संघले भने सरकारले बितरण प्रक्रिया स्पष्ट नगरिदिएका कारण उपभोक्ताहरु आफै उद्योग अगाडी लामो लाइन बसेकाले डिलरसम्म पु¥याउन कठीन बनेको जनाएको छ । यद्यपि संघले ३ दिनमा १६ हजार सिलिण्डर बितरण भैसकेको जनाएको छ ।
सरकारले तत्कालको समस्या समाधानका लागि ग्यास आपुर्ति सहज नहुँदासम्मका लागि भन्दै १४ दशमलव २ किलो ग्यासको सट्टामा ७ दशमलव १ किलो ग्यास बितरण गर्न उद्योगीहरुलाई अनुमति दिएको थियो ।