७५ वटै जिल्लमा भिटामिन ए खुवाइंदै
काठमाडौं,१६ कार्तिक । पाँच वर्षसम्मका बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ खुवाईंदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७५ वटै जिल्लामा ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १ वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ सँगै जुकाको औषधि खुवाउन लागेको हो ।
झण्डै २७ लाख बालबालिकालाई भिटामिन ए र तीमध्ये एक वर्षदेखि पाँच वर्षसम्मका झण्डै २३ लाख बालबालिकालाई जुकाको औषधि पनि खुवाउने लक्ष्य रहेको मन्त्रालयले जनाएको छ ।