रुसी एयरलाइन्स आकाशमै दुर्घटना
काठमाडौं,१६ कार्तिक । ईजिप्टमा शनिबार भएको रुसी एयरलायन्सको बिमान आकाशमै दुर्घटनामा परेको निष्र्कष रुसि जाँचकर्ताहरुले निकालेका छन् । अनुसन्धानका क्रममा सो बिमान आन्तरिक समस्याका कारण दुर्घटनामा परेको जनाईएको छ ।
बिमानमा देखिएको खराबिपछि पाईलटले आकस्मिक अवतरणको अनुमती मागेको केहि समयमै बिमान आकाशमै दुर्घटनामा परेको रुसि अनुसन्धानकर्ताहरुले बताएका छन् । यो संगै ईस्लामिक स्टेट आसएसको दावी झुटो भएको छ ।
उनीहरुले रुसि बिमान दुर्घटनामा परेको नभई आफुहरुले खसालेको दाबी गरेका थिए । अनुसन्धानकर्ताहरुले ९ हजार ४ सय ५० मिटरको उचाईमा सो बिमान दुर्घटना भएको निश्कर्ष निकालेका छन् । यसैबिच बिमान दुर्घटनामा मृत्यु भएका २ सय २४ मध्ये १ सय ६३ जनाको शव फेला पारिएको छ । एजेन्सी