Live Streaming

कमल थापा जेनेभा जाँंदै

काठमाडौं,१६ कार्तिक । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा राष्ट्रसंघीय मानव अधिकार परिषद्को बैठकमा भाग लिन आज सा“झ जेनेभा जानुहुने भएको छ । आन्दोलनरत मधेशी दलहरुसंग वार्ता गर्न गठित सरकारी टोलीका संयोजक थापाले यसअघि जेनेभा जाने कार्यक्रम रद्द गरी उहा“को स्थानमा कानुनमन्त्री अग्नि खरेल जाने बताइएको थियो ।

तर आज बिहान ट्टीट गर्दै थापाले वार्तामा भएको प्रगति र प्रधानमन्त्री केपी ओलीको निर्देशन पालना गर्दै आफू नै जान लागेको जानकारी गराउनुभएको हो । उहा“ २० गते स्वदेश फर्कनुहुनेछ । पषिद्को बैठकमा राष्ट्रसंघका सवै सदस्य राष्ट्रको मानवअधिकारको विश्वब्यापी समिक्षा गरिन्छ ।