विरगञ्ज नाका संचालनमा
काठमाडौं,१६ कार्तिक । मधेसी मोर्चाको आन्दोलनका कारण विगत ४० दिनयता बन्द रहेको देशकै मुख्य विरगञ्ज नाका आज सञ्चालनमा आएको छ । त्यहाँ धर्नामा बसेका आन्दोलनकारीलाई आज बिहान नेपाल प्रहरी र सशस्त्र प्रहरीले हटाएपछि सो नाकाबाट आवतजावत सुचारु भएको सहकर्मी दिवाकर भण्डारीले जनाएका छन् ।
सिमा क्षेत्रको सडकमै टेन्ट टाँगेर बसेका आन्दोलनकारीलाई हटाउन सुरक्षाकर्मीले सामान्य बल प्रयोग गरेका थिए । नेपाली सुरक्षाकर्मीलाई भारतिय सुरक्षाकर्मिहरुले पनि साथ दिएपछि बिहान ५ बजेबाट नाकामा आवत जावत सुरु भएको हो ।
हाम्रा सहकर्मीका अनुसार, अहिले नेपालबाट भारततर्फ गाडिहरु गइरहेका छन् । भारतीय क्षेत्रमा रोकिएका ईन्धन र मालबहाक गाडी भने आज दिउँंसोबाट नेपाल भित्र्याउने तयारी भइरहेको छ । सो नाकामा हाल ईन्धन बोकेका सयौ ट्याङकर रोक्किएका छन् ।