Live Streaming

​मधेश समस्या समाधानबारे बावुरामको परामर्श

काठमाडौं,१५ कार्तिक । तराइ–मधेशमा उत्पन्न असहज परिस्थितीको समाधानको विषयमा पूर्ब प्रधानन्त्री डा बाबुराम भट्टराइले आज नागरिक समाजका अगुवा र बुद्धिजिबीसंग परामर्श गर्नु भएको छ । नयाँ बानेश्वर स्थित एक पार्टी प्यालेसमा भएको छलफलमा बुद्धिजिवीहरुले मधेश आन्दोलन संवोधन गर्न सरकारले ठोस पहल नगरेको भन्दै गुनासो गरेका थिए ।

कार्यक्रमलाइ संवोधनगर्दै डा भट्टराइले नयाँ संविधान जारी भएपछिपनि सरकार र सत्तामा पुरानै सोच र बिचार हावी भएकोले देशले निकास पाउन नसकेको बताउनु भयो । कार्यक्रममा पूर्व सभामुख दमनाथ ढुङ्गाना, प्राध्यापक कृष्ण खनाल, विश्लेषक सिके लाल लगायतले मधेश आन्दोलन संवोधन गर्न सरकार गम्भीर नभएको आरोप लगाएका थिए । पुराना राजनीतिक दलले मुलुकका समस्या समाधान गर्न नसक्ने भन्दै डा भट्टराइले नयाँ राजनीतिक शक्ति स्थापनाको वकालत गर्दै आउनु भएको छ ।