Live Streaming

​ उपराष्ट्रपति पुनले पद तथा गोपनीयताको सपथ लिए

काठमाडौं,१५ कार्तिक । नबनिर्वाचित उपराष्ट्रपति नन्दबहादुर पुनले आज पद तथा गोपनीयताको सपथ लिनु भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा उपराष्ट्रपति पुनले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनियताको सपथ लिनुभएको हो । उपराष्ट्रपति पुनले नेपाली मौलिक पोसाक दौरा सुरुवाल लगाएर सहीद, जनता र राष्ट्रका नाममा सपथ लिनु भएको हो ।

बिगतमा एमाओवादी नेताहरुले प्रधानमन्त्री र मन्त्री पदको सपथ लिनेबेला दौरा सुरुवाललाई बहिस्कार गरेपनि उपराष्टपति पुन दौरा सुरुवालमा सजिएर राष्ट्रपति कार्यालय पुग्नु भएको थियो । सपथसंगै पुनले आजै उपराष्ट्रपतिको कार्यालय बहादुर भबन पुगि पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ । सपथ कार्यक्रममा सहभागि हुन निवर्तमान उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री केपी ओली, सभामुख ओनसरी घर्ती लगायत दलका शीर्ष नेता र सभासद् राष्टपति कार्यालय शीतल निवास पुगेका थिए ।

व्यबस्थापिका संसदमा हिजो भएको निर्बाचनमा कग्रेशका अमियकुमार यादबलाई पराजित गर्दै एमाओवादी नेता पुन देशको दोश्रो उपराष्ट्रपतिमा निर्बाचित हुनुभएको थियो । नबनिर्वाचित उपराष्ट्रपति पुनले कार्यभार सम्हाले लगत्तै निवर्तमान उपराष्टपति झालाइ बिदाइ गरिने भएको छ ।