Live Streaming

​जनताको अग्रगतिका लागि काम गर्छु : राष्टपति भण्डारी

काठमाडौं,१३ कार्तिक । राष्टपति बिद्यादेबी भण्डारीले संविधानको परिधी भित्र रहेर जनताको अग्रगतिका लागि काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ । राष्टपतिको पदभार सम्हालेको भोली पल्ट बल्खुमा रहेको एमालेको पुरानो केन्द्रीय कार्यालय बल्खुमा रहेको मदन भण्डारीको शालिकमा माल्यापण परेपछि संक्षिप्त प्रतिक्रिया दिर्दै राष्टपति भण्डारीले राष्टपति पदको गरिमामा आच आउन नदिने बताउनु भएको हो ।

उहाँले आफूले संविधानको परिधि ननाग्ने समेत स्पष्ट गर्नुभयो । मदननगर बल्खुमा रहेको मदनभण्डारीको शालीकमा माल्यापण गनर्सअघि राष्टपति भण्डारीले लैनचौर स्थित शहीद स्तम्भ पुगेर शहीदहरुप्रति श्रद्दाञ्जली दिनु भएको थियो ।