ईन्धन लिन १२ वटा ट्यांकर केरुङ प्रस्थान
काठमाडौं,१३ कार्तिक । चीनले अनुदानस्वरुप उपलब्ध गराएको पेट्रोल मध्ये केहि ईन्धन आज साँझसम्म नेपाल–चीनको केरुङ नाकामा आइपुग्ने भएको छ । चीनले नेपाललाई अनुदानमा उपलब्ध गराउन लागेको एक हजार टन (१३ लाख लिटर) पेट्रोलको पहिलो ‘लट’ आज केरुङ आइपुग्न लागेको हो । पहिलो लटमा उपलब्ध गराउने पेट्रोल लिन १२ हजार लिटर क्षमतका १२ वटा ट्याङ्कर केरुङ तर्फ लागिसकेको नेपाल निगमका प्रवक्ता दीपक बरालले जानकारी दिनुभयो । उहाँका अनुसार आजै नेपाली ट्याङ्कर पुग्ने र भोली लोड हुनेछन् ।