सरकार र मधेशी मोर्चाबीच वार्ता निष्कर्ष बिहीन
काठमाडौं,१२ कार्तिक । सिमाङकनको विवाद तत्काल टुङ्गाउनु पर्ने मधेशी मोर्चाको अडानका कारण सरकार र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच आज भएको वार्तापनि विना निश्कर्ष टुङिगएको छ ।
परराष्ट्र मन्त्रालय सिंहदरवारमा भएको वार्तामा सरकारले सिमाङकनको विबाद संघीय आयोगबाट टुङ्गाउन प्रस्ताव गरेपनि मोर्चाले तत्काल टुङ्गानु पर्ने अडान राखेको थियो । सरकार बिना तयारी वार्तामा बसेका कारण कुनै निकाश आउन नसकेको बार्ता टोलीका सदस्य सद्भावना सहध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।
आर्को वार्ता कात्तिक १५ गते अपरान्ह ४ बजे बस्ने उहाँले बताउनु भयो । आजको वार्तामा उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा नेतृत्वको सरकारी वार्ता टोली र मोर्चाको वार्ता टोली सहभागि भएको थियो । मधेशी मोर्चाको वार्ता टोलीसंगको वार्ता सुरुहुनु पूर्ब सरकारमा सहभागि दलका शीर्ष नेता सम्मिलित उच्चस्तरिय राजनीतिम समितिको बैठक बालुवाटारमा बसेको थियो ।
बैठकले मधेश आन्दोलनमा मारिएका व्यक्तीका परिवारलाइ जनही दशलाख रुपैया क्षतीपूर्ती दिन सरकारलाइ सिफारिश गरेको नेकपा संयुक्तका अध्यक्ष गणेश शाहले जानकारी दिनुभयो ।