Live Streaming

​राष्ट्रपति विद्यादेवीले सपथ लिइन्

काठमाडौं,१२ कार्तिक । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले आज पद तथा गोपनियताको शपथ लिंनु भएको छ । राष्ट्रपति भवन शीतल निवासमा केहीबेर अघि आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश कल्याण श्रेष्ठ समक्ष राष्ट्रपति भण्डारीले पद तथा गोपनियताको सपथ लिनु भएको हो । निवर्तमान राष्टपति डा रामबरण यादवको उपस्थितीमा राष्टपति भण्डारीले इश्वर र जनताको नाममा शपथ लिनु भएको हो ।

शपथग्रहण समारोहमा उपराष्टपति परमानन्द झा, प्रधानमन्त्री केपी ओली, सभामुख ओनसरी घर्ती लगायत दलका शीर्ष नेता र सांसदहरु सहभागि भइ औपचारिक बधाइ दिएका थिए । समारोहमा सरकारका मन्त्रीहरु, संवैधानिक निकायका प्रमुख, उच्च पदस्थ सरकारी अधिकारी र कुटनीतिक नियोगका अधिकारीले नवनियुक्त राष्टपति भण्डारीलाइ बधाइ दिएका थिए । निवर्तमान राष्टपति यादवले शीतल निवास छाडे लगत्तै नवनिर्वाचित राष्टपति भण्डारी आजैदेखी शितल निवासमा बसाइ सर्नु हुने भएको छ ।

यसैबीच, नवनियुक्त राष्टपति बिद्या भण्डारीले नेकपा एमालेको उपाध्यक्ष पदवाट राजीनामा दिनु भएको छ । भण्डारीले आज एक विज्ञप्ती प्रकाशित गरी एमाले उपाध्यक्ष सहित पार्टीको सदस्यता र सांसद सदस्यवाट समेत राजीनामा दिएको घोषणा गर्नु भएको हो ।