Live Streaming

दुईदिन पछि मात्र मौसममा सुधार आउने

काठमाडौं,१२ कार्तिक । अरब सागरबाट आएको पश्चिमी वायु र भूमध्य सागरबाट आएको वायुको संयुक्त प्रभाव स्वरुप गएरातीदेखि  मुलुकका अधिकांश भागमा हिउँंदे बर्षा भएको छ । रातभरीको बर्षाका कारण देशभर चिसो बढेको छ भने उच्च हिमाली भेगमा हिमपात भएको छ । नियमित मनसुन सकिएको केही दिनमा पश्चिमी वायुको प्रभाव स्वरुप हिउँंदे बर्षा भएको जल तथा मौसम विज्ञान विभागका मौसमविद् सुवास रिमालले बताउनु भयो । 

सामान्यतया नेपालमा सेप्टेम्बर २३ देखि मनसुन समाप्त हुन्छ । मौसममा भएको बदली दुईदिनसम्म चल्ने विभागको अनुमान छ । पश्चिम नेपालमा भोली अपरान्ह पछि मौसममा सुधार हुने र मध्य तथा पूर्वी नेपाललमा शनिबारदेखि मात्र सुधार हुने मौसमविद रिमालले बताउनुभयो । गएराती काठमाडौमा ११ मिलिमिटर बर्षा भएको छ भने सबभन्दा बढी दाङमा १९, पोखरामा १३ र जुम्लामा १२ मिलिमिटर बर्षा भएको छ ।

जुम्लाको तापक्रम ३ डिग्री सेल्सियसा झरेको छ भने काठमाडौका तापक्रम पनि १३ डिग्री सेल्सियसमा झरेको छ । प्रमुख खाद्यान्न बाली धान काटने समयमा भएको हिउदे बर्षाका कारण तराइका किसान चिन्तित बनेका छन् भने हिउँंदे बर्षाका कारण पहाडी भेगमा तोरी, फापरलगायतका बालीलाई फाइदा पुगेको छ ।