हुम्लामा हिमपात, चिसो बढ्यो
हुम्ला,१२ कार्तिक । हुम्लामा बुधबार रातिबाट परेको पानीसँगै चिसो बढेको छ। सदरमुकाम सिमीकोटका पसलहरूमा बिहानैदेखि आगो बालेर पसल खुलाएका छन् भने सदरमुकाम सिमीकोटको माथिल्लो लेकमा हिमपात भइरहेको छ। यसपाली कात्तिक महिनामै चिसो बढेकाले छिट्टै हिमपात हुने सम्भावना बढेको स्थानीय बासिन्दाले बताएका छन्।रासस