अफगानिस्तानले रच्यो इतिहास
काठमाडौं,१२ कात्र्तिक । एसोसिएट राष्ट्र अफगानिस्तानले पुनः एकपटक अन्तराष्ट्रिय क्रिकेटमा इतिहास रचेको छ । हिजो जिम्बावे माथी पाँच विकेटको रोमाञ्चक जीत दर्ता गर्दै भ्रमणकारी टोली अफगानिस्तानले दुइ टी ट्वान्टी अन्तराष्ट्रीय क्रिकेट म्याच २ –० ले क्लीन स्वीप गरेको छ । घरेलु टोली जिम्बाबेले प्रस्तुत गरेको १ सय ९१ रनको बिजयी लक्ष्यका साथ मैदानमा उत्रिएको अफगानिस्तानले कठिन तर रोमाञ्चक जित हात पारेको हो । उसले खेलको अन्तिम बल बाकी छदा ५ विकेट गुमाएर लक्ष्य भेट्टाएको हो ।
यसअघि भुलावाओमा टस जितेर पहिले ब्याटिङ गरेको जिम्बाबेले अफगानिस्तानलाइ १ सय ९१ रनको बिजयी लक्ष्य प्रस्तुत गरेको थियो । उसले निर्धारित ओभरको खेल समाप्तीमा ७ विकेट गुमाएर १ सय ९० रन बनाएको हो ।
यसअघि भएको पहिलो टि २० म्याचमा पनि अफगानिस्तानले ६ विकेटको रोमाञ्चक जित दर्ता गरेको थियो । त्यस्तै पाँच एक दिबसिय खेल पनि अफगानिस्तानले ३–२ ले जितेको थियो । दुइ ओटा टी – २० म्याचको को सिरिज जित्न सफल अफगानिस्तान आईसीसीको पहिलो एसोसिएट देश हो । टेष्ट राष्ट्र विरुद्धको खेलमा वन डे र टि – २० सिरिज जित्ने पहिलो देशको रुपमा अफगानिस्ताले इतिहास रच्न सफल भएको हो ।