कोलकत्ताबाट हवाइ इन्धन ल्याउने
काठमाडौं,१२ कात्र्तिक । आन्तरिक हवाइ उडानलाई निरन्तरता दिन नेपाल वायु सेवा निगमको बोइङ विमानले भारतको कोलकत्ताबाट इन्धन ल्याउने भएको छ । दैनिक चारवटासम्म कार्गो उडान गरी हवाइ इन्धन ल्याउने निर्णयसँगै अब दैनिक ८८ हजार लिटरसम्म हवाइ इन्धन एयर लिफ्ट गरेर ल्याइनेछ ।
काठमाडौंबाट हुने आन्तरिक उडानमा दैनिकमा ६० हजार लिटर इन्धन आवश्यक पर्छ । त्यस्तै ढाकाबाट पनि इन्धन ल्याउने प्रक्रिया सुरु भएको नेपाल आयल निगमले जनाएको छ ।