इन्धन लोड गर्न ट्यांकर भोली केरुङ जाने
काठमाडौं,१२ कात्र्तिक । नेपाल आयल निगमले चीनले दिएको अनुदानको इन्धन लोड गर्नका लागि ट्याङकर भोली केरुङ पठाउने भएको छ । निगम र चीन सरकारको स्वामित्वमा रहेका चाइना आयल कर्पोरेसनबीच हिजो सम्झौता भएपछि पहिलो लटमा १२ ट्यांकर पेट्रोल लिन पठाउन लागिएको आयल निगमका प्रबक्ता दीपक बरालले जानकारी दिनुभयो ।
सुरुमा चीनले दिने भनेको अनुदानको पेट्रोल ल्याइनेछ । चीनले अक्टोबर ३१ मा १२ ट्याङकर केरुङ पु¥याउन आग्रह गरेपछि भोली अक्टोबर ३० मा ट्यांकर पठाउन लागेको प्रबक्ता बरालले बताउनुभयो । ढुवानीका लागि निगमले व्यवसायीसँग ट्यांकरको नम्बर, चालक र सह चालकको विवरण पठाइसकेको छ