पूर्व राष्ट्रपति यादव शीतल निवास छोड्दै
काठमाडौं,१२ कार्तिक । गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले आज शीतल निवास छाड्दैहुनुहुन्छ । दुई वर्षको कार्यकालका लागि ०६५ साउन ८ गते राष्ट्रपतिमा निर्वाचित हुनुभएका यादव ७ वर्ष ३ महिनापछि आज बाहिरिदै हुनुहुन्छ ।
सरकारले गणतन्त्र नेपालको प्रथम राष्ट्रपति यादवका लागि भीभीआइपी सुविधा सहित ललितपुरको बागडोलमा घर भाडामा लिएको छ । यादवलाई भीभीआईपी सुविधाअनुसार आवास, सचिवालय, पेन्सन, सुरक्षालगायत दिने तयारी छ ।
तर ती सुविधा कुन कानुनअनुसार दिने भन्नेमा अन्योल छ । भारतलगायत अन्य मुलुकमा पूर्वराष्ट्र प्रमुखलाई आजीवन आवास, सुरक्षा, पेन्सनलगायतका सुविधा दिने चलन छ । नवनिर्वाचित राष्ट्रपति विद्या भण्डारीले आज शपथ लिएपछि यादव सरकारले लिएको भाडाको घरमा सर्ने हुनुभएको हो ।