Live Streaming

​नव निर्वाचित राष्ट्रपति भण्डारी आज सपथ लिदै

काठमाडौं,१२ कात्र्तिक । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले आज पद तथा गोपनियताको शपथ लिंदै हुनुहुन्छ । राष्ट्रपति भवन शीतलनिवासमा अपरान्ह ३ बजे आयोजना हुने विशेष समारोहमा प्रधानन्यायाधीश कल्याण श्रेष्ठले राष्ट्रपति भण्डारीलाई शपथ ग्रहण गराउनुहुनेछ । शपथग्रहण समारोह शीतल निवास अगाडीको प्रांगणमा हुनेछ । शपथग्रहणमा पहिला भण्डारी पुग्नुहुनेछ । त्यसलगत्तै निवर्तमान राष्ट्रपति रमवरण यादव आउनुहुनेछ ।

यादवको सम्मानमा नेपाली सेनाले सम्मान गारथ अर्पण गर्नेछ । त्यसपछि शपथ ग्रहण सुरु हुनेछ । शपथ ग्रहणपछि नेपाली सेनाले भण्डारीलाई सम्मान गारथ अर्पण गर्नेछ । यादवले भण्डारीलाई राष्ट्रपतिको कुर्सी हस्तान्तरण गर्नुहुनेछ । नयाँ राष्ट्रपति भण्डारीलाई कुर्सीमा बसालेपछि निवर्तमान राष्ट्रपति यादव त्यहाँबाट बिदाई भएर शीतल निवास छिर्नुहुनेछ ।

भण्डारीले निवर्तमान राष्ट्रपतिलाई उठेर बिदाइ गर्नुहुनेछ । संसदमा हिजो भएको निर्वाचनमा भण्डारी नेपालको दोस्रो राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । भण्डारीले आफ्नो प्रतिष्पर्धी नेपाली कांग्रेसका कुलबहादुर गुरूङलाई पराजित गर्दै नेपालको पहिलो महिला राष्ट्रपतिका रूपमा इतिहास रच्नुभएको हो ।