राष्ट्रपति यादवको शीतल निवास छाड्ने तयारी
काठमाडौं,११ कार्तिक । नयाँ राष्ट्रपति चयनका लागि मतदान सम्पन्न भएसंँंगै राष्ट्रपति डा रामबरण यादवले शीतल निवास छाड्ने तयारी गर्नु भएको छ । राष्ट्रपति यादवको विदाइको विषयलाई लिएर प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति यादवसंँंग परामर्श गर्नु भएको छ । राष्ट्रपतिको विदाइ र नयाँ राष्ट्रपतिको पदभार ग्रहणको विधि र प्रक्रियाको विषयमा छलफल गर्नु भएको हो ।
नयाँ राष्ट्रपतिको सपथसँंंगै राष्ट्रपति यादव सरकारले उपलव्ध गराउने सरकारी निवासमा फर्किनु हुने राष्टपतिका सहयोगीहरुले जनाएका छन् । भीभी आइपी सुविधा सहित सरकारले राष्टपति यादवका लागि आवासको व्यवस्था गर्ने जनाएको छ । नयाँ निर्वाचित राष्ट्रपतिले प्रधान न्यायाधीशसंँंग सपथ लिने संवैधानिक व्यवस्था छ । उप–राष्ट्रपतिले भने राष्ट्रपतिसमक्ष सपथ लिने संवैधानिक व्यवस्था छ ।