राष्टपतिका लागि विद्या पक्का
काठमाडौं,११ कार्तिक । प्रधानमन्त्री निर्वाचनका बेला बनेको राजनीतिक समिकरणमा कुनै नाटकीय फेरबदल नभए र सांसद्हरुले क्रम भोट नगरे सत्तारुढ गठबन्धनकी उम्मेदवार एमाले उपाध्यक्ष विद्या भण्डारी मुलुकको दोश्रो राष्ट्रपतिमा निर्वाचित हुने निश्चित प्रायः छ । संसदमा अहिले ५ सय ९७ सांसद संख्या कायम रहेकाले विजयी हुन २ सय ९९ मत आवश्यक पर्छ ।
भण्डारीको पक्षमा एमालेको १ सय ८४, एकीकृत माओवादीको ८२, राप्रपा नेपालको २५, फोरम लोकतान्त्रिकको १४, राप्रपाको १२ र साना दलको २३ गरेर ३ सय ४० सांसदको समर्थन देखिन्छ । कँग्रेसका कुल बहादुर गुरुङलाई अहिलेसम्म केही साना दलले समर्थन जनाएका छन् । कँग्रेससँग २ सय ७ सांसद छन । संसद्मा गोप्य मतदान भइरहेकाले केही सांसदले क्रस भोटिङ्ग गर्नसक्ने सम्भावना छ ।