चीनबाट इन्धन आयातका लागि बेइजिङमा वार्ता हुँंदै
काठमाडौं,११ कार्तिक । चीनबाट इन्धन आपूर्ति गर्नेबारे नेपाली सरकारी टोली र चीनिया अधिकारीहरुबीच आज बेइजिङ्गमा निर्णायक वार्ता हुँंदैछ । चीनका लागि नेपाली राजदुत महेस मास्के नेतृत्वमा नेपालबाट गएको उच्च सरकारी टोलीले हिजो बेइजिङ्ग पुगी ब्यावसायीक रुपमा नियमित इन्धन आपूर्ति गर्नेबारे प्रारम्भिक वार्ता गरेको थियो ।
भारतको नाकाबन्दि पछि नेपालमा देखा परेको इन्धन अभावलाई मध्यनजर गर्दै सरकारले चीनबाट ईन्धन आयातको बिकल्प खोजेको हो । नेपालको ईन्धन अभाबलाई पुरा गर्न चीन तत्पर रहेको जनाउ चीनीया सरकारी अधिकारीहरुले दिएपछि दुई देशिय बार्ता सकारात्मक रुपमा अघि बढ्ने नेपाली पक्षले बिश्वास लिएको छ । चीनीया पेट्रोलियम कर्पोरेशनले सहमती गरे नेपाली पक्षले ईन्धन निर्यातको सम्झौता गरेर मात्र स्बदेश फर्कने उच्च सरकारी अधिकारीले बताएका छन् ।
आज हुने वार्तामा नितिगत कठिनाई र कागजी प्रक्रियाका बिषयमा छलफल हुने बताईएको छ । चीनसंग सहमती बने नेपाल सरकारले आबश्यक मात्रामा ईन्धन चीनबाट आयात गर्ने तयारी गरेको छ । यसैबिच अनुदानमा चीनले नेपाललाई उपलब्ध गराएको ईन्धन केरुङ नाकामा अलपत्र परेको छ । नेपाली पक्षले ट्याङकर पठाउन ढिलाई गरेका कारण चीन सरकारले अनुदानमा पठाएको १० हजार मेट्रिक टन तेल केरुङ नाकामा अलपत्र परेको हो ।
सरकारले भने ट्याङकरको रुट परमिट र आबश्यक केहि प्रक्रिया सकिनासाथ ट्याङकर केरुङ पठाउने बताएको छ । निगमसंग २० हजार लिटर र १२ हजार लिटर क्षमताका ट्याङकर रहेपनि सडकको अवस्थाका कारण १२ हजार लिटर क्षमताका ट्याङकर मात्र केरुङ पठाउने तयारी गरेको छ ।