Live Streaming

क्यामरुनमा आफ्ना सेना तैनाथ गर्ने अमेरिकी निर्णय

काठमाडौं,२८ असोज । बोको हराम बिद्रोहीलाई परास्त गर्न अमेरिकाले अफ्रिकी मुलुक क्यामरुनमा आफ्ना सेना तैनाथ गर्ने भएको छ । राष्ट्रपति बराक ओबामाले बोको हरामको गतिविधि समाप्त गर्न क्यामरुनमा अमेरिकी सेना पठाउने घोषणा समेत गरिसक्नुभएको छ ।

सुरुमा ३ सय अमेरिकी सैनिक त्यसतर्फ पठाउने र उनीहरुले हवाई तथा स्थलगत रुपमा बिद्रोहीका अखडाहरुको पहिचान गर्नेछन् । बोको हराम र ईस्लामिक स्टेट दुवै संगठनले आफ्नो गतिविधि बढाउँंदै लगेको  अफ्रिकी मुलुक क्यामरुन र चाडमध्ये क्यामरुनमा मात्र कारवाही अघि बढाउने अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ । राष्ट्रपति ओबामाले आवश्यकता अनुसार अन्य सेनालाई पनि त्यहाँं तैनाथ गरिने बताउनुभयो ।