Live Streaming

विश्व हात धुने दिवस मनाईंदै

काठमाडौं,२८ असोज । विश्व हात धुने दिवस विभिन्न कार्यक्रम गरी मनाइँंदै छ । नेपालमा  सरसफाइका क्षेत्रमा काम गर्ने विभिन्न संस्थाहरुले विभिन्न कार्यक्रम गरी मनाउँदैछन् । राम्रोसँग साबुन पानीले हात धोएमा झाडापखाला, श्वासप्रश्वाससम्बन्धी संक्रमण, नवजात शिशुको मृत्युदर जस्ता समस्याबाट ४० प्रतिशत बच्न सकिने विभिन्न अध्ययनहरुले देखाएको छ ।

विद्यालयमा साबुन पानीको व्यवस्था गरी विद्यार्थीलाई नियमित हात धुने बानी सिकाए मात्र पनि ५० प्रतिशत सरुवा रोगबाट बचाउन सकिने चिकित्सकहरु बताउँछन् । नेपालमा सन् २००८ देखि अक्टोबर १५ का दिन यो दिवस मनाउन लागिएको हो ।