पाँंच महिनादेखि बन्द रहेको रसुवागढी नाका संचालनमा
काठमाडौं,२८ असोज । चीनसँग जोडिएको रसुवागढी केरुङ नाका आजदेखि औपचारिक रुपमा संचालनमा आएको छ । १२ वैशाखको भूकम्पपछि आएको पहिरोले क्षति पु¥याएको रसुवागढीबाट करिब २६ किलोमिटर सडक चीनले मर्मतसम्भार गरेसँगै आजबाट भन्सार नाका सुचारु भएको हो । नाका खुल्ला गरिए पनि कतिपय स्थानमा सडकको स्तरोन्नति गर्न बाँकी छ । नेपाल र चिनियाँ उच्चपदस्थ सरकारी अधिकारीको संयुक्त सहभागितामा आज विहान औपचारिकरुपमा नाका खुलेको घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिनुभयो ।
नाका संचालन भएसगै चिनिया सामानहरु आयात निर्यात सुचारु हुने रसुवागढी भन्सार कार्यालयका प्रमुख केदार प्रसाद पनेरुले बताउनुभएको छ । चीनले गत २४ गते नै नाका संचालनमा ल्याउने बताए पनि विविध कारणबश संचालनमा आउन सकेको थिएन । नेपालीहरुको महान पर्व दशैं शुरु भइसकेको समयमा भारतीय नाकाहरुबाट समान आयातमा गरिएको अवरोधको विकल्पमा रुपमा रसुवागढी नाकालाई लिईएको छ । करिब साढे पाँच महिनादेखि अवरुद्ध रहेको नाका संचालनमा आउन लागेसँगै व्यापारीहरु थप उत्साहित भएका छन् । नाका सुचारु भएसँगै चीनले सहयोगस्वरुप १ करोड ६० लाख मुल्य बराबरको ७ ट्रक खाद्यान्न उपलब्ध गराउँदैछ ।