पशुचौपायाको जाँच गरिंदै
काठमाडौं,२७ असोज । दसैंका लागि काठमाडौं उपत्यकामा भित्रिने खसीबोकालगायतका चौपायाको आजदेखि सरकारले स्वास्थ्य परीक्षण गर्ने भएको छ । थानकोट, कोटेश्वर, फर्पिङलगायतका नाकाबाट भित्रिने चौपायाहरुको स्वास्थ्य परीक्षण गरी खान योग्य भए वा नभएको अवस्थाबारे जानकारी गराइने भएको छ ।
त्यसका लागि भेटेनरी जनस्वास्थ्य कार्यालय, काठमाडौं महानगरपालिका, पशु चिकित्सक र चौपाया व्यवसायीको संयुक्त टोली खटिने महानगरपालिकाको सहरी जनस्वास्थ्य महाशाखा प्रमुख हरीकुमार श्रेष्ठले बताउनुभयो । टोलीले अनुगमन गरी अस्वस्थ चौपाया भए बेचबिखनमा रोक लगाउनेछ ।