Live Streaming

​आईक्यापको तीन दिने सम्मेलन बेइजिङमा सुरु

काठमाडौं,२७ असोज । एसियाली राजनैतिक दलहरुको अन्तराष्ट्रिय सम्मेलन आईक्यापको तिन दिने सम्मेलन आज चीनको राजधानी बेईजिङमा सुरु हुँदैछ । सम्मेलनमा सिल्क रोड विकास र विस्तारको अवधारणा कार्यान्वयन गर्ने महत्वपूर्ण प्रस्तावलाई अनुमोदन गर्ने बताइएको छ ।

एसिया र युरोको व्यापार , आर्थिक सहायता, पर्यटन विकास ,व्यापारको विकास र विस्तार, सदस्य राष्ट्रहरुबीचको संस्कृती आदान प्रदान, जनसम्पर्क विकास र सहकार्यका विषयमा पनि ठोस निचोड निकालिने बताइएको छ । सम्मेलनमा नेपालका तर्फबाट कँग्रेस नेतृ सुजाता कोईराला, एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एमाले सचिव प्रदिप ज्ञवालीले सहभागिता जनाउनुहुनेछ । सम्मेलन बेईजिङ घोषणापत्र जारी गर्दै शुक्रबार सकिनेछ ।