एनआरएनको विश्व सम्मेलन राजधानीमा सुरु
का
काठमाडौं,२७ असोज । गैरआवासीय नेपाली संघ एनआरएनको विश्व सम्मेलन तथा सातौं अधिवेशन आजदेखि राजधानीमा सुुरु भएको छ । आगामी शुक्रबारसम्म चल्ने अधिवेशनले संघको आगामी कार्यकालको नेतृत्व चयन गर्नेछ । राजधानीको होटल सोल्टीमा सुरु सम्मेलनको पहिलो दिन आज अधिवेसन हुनेछ । अधिवेसनमा नेपालको पुर्ननिर्माणका विषयमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्ने सम्मेलन आयोजक समितिले जनाएको छ ।
यस वर्षको सम्मेलनको मुख्य नारा पुर्ननिर्माणका लागि सच्चा साझेदार भन्ने छ । एनआएनएले आगामी २ वर्षमा भुकम्पपीडितका लागि घर निर्माण गर्नका लागि सरकारसँग सम्झौता पनि पनि गरिसकेको छ । अधिवेशनमा नेतृत्वका लागि सर्बसम्मतिसँगै अन्य आन्तरिक मुद्दामा समेत छलफल हुने बताइएको छ । आगामी नेतृत्वका लागि वर्तमान अध्यक्ष शेष घलेसहित ३ जनाले उमेदवारी घोषणा गरेका छन् ।
घलेले यो कार्यकालमा सुरु गरेका अधुरा काम पुरा गर्नुपर्ने भएकाले आफुले एक कार्यकाल नेतृत्व पाउनुपर्ने दाबीसहित उमेदवारी घोषणा गर्नुभएको छ । अन्य दुईजनामा वर्तमान उपाध्यक्ष टिबी कार्की र पर्वमहासचिव रतन झा रहनुभएको छ । सम्मेलनका लागि विभिन्न ७१ मुलुकका करिब १५ सय एनआरएनहरु राजधानीमा भेला भइसकेका छन् । त्यति नै संख्यामा पर्यवेक्षक र शुभेच्छुकहरु पनि आएको एनआरएनले जनाएको छ ।
आज र भोलि अधिवेशन र शुक्रबार र शनिबार विश्व सम्मेलन हुने एनआरएनका अध्यक्ष शेष घलेले बताउनुभयो । विश्व सम्मेलनको उद्घाटन भने पर्सी राष्ट्रपति रामबरण यादवले गर्ने तय भएको छ । एनआएनएको सम्मेलन हरेक २ वर्षमा हुने गरेको छ ।