गुरुङको आज दाहसंस्कार गरिने
काठमाडौं,२६ असोज । उपचारका क्रममा अमेरिकामा निधन हुनुभएका राप्रपा नेपालका महामन्त्री चन्द्रबहादुर गुरुङको आज धार्मिक परम्परा अनुसार दाहसंस्कार गरिने भएको छ । गुरुङको गत असोज १६ गते राति उपचारका क्रममा अमेरिकाको कोलोराडोमा निधन भएको थियो । उहाको शव आज दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइने कार्यक्रम रहेको राप्रपा नेपालले जनाएको छ ।
विमानस्थलबाट गुरुङको शवलाई धुम्वाराहीस्थित पार्टी कार्यालयमा शवयात्रा गरी पु¥याइने र करिब तीन घन्टा सर्वसाधारणको श्रद्धाञ्जलिका लागि राखिने पार्टिका सहमहामन्त्री राजाराम श्रेष्ठले जानकारी दिनुभयो । गुरुङको अन्त्येष्टि वैदिक परम्पराअनुसार पशुपति आर्यघाटमा गर्ने राप्रपा नेपालले यसअघि नै निर्णय गरिसकेको छ ।