Live Streaming

ओलीको नेतृत्वमा नयाँं मन्त्रीमण्डल गठन

काठमाडौं,२५ असोज ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आठ सदस्यीय मन्त्रिमण्डल बनाएका छन् ।ओलीले एमालेबाट तीनजना, राप्रपा नेपालबाट दुईजना, एमाओवादीबाट एकजना र मधेसी जनाधिकार फोरम लोकतान्त्रिकबाट एकजनालाई मन्त्री बनाएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रिमण्डलका सदस्यहरुलाई सोमबार दिउँसो राष्ट्रपतिको कार्यालयमा राष्ट्रपति डा. रामवरण यादवले संविधानको धारा ८० वमोजिम पद तथा गोपनीयताको सपथ गराए।

एमालेबाट अग्नि खरेल, सत्यनारायण मण्डल र सोमप्रसा पाण्डे मन्त्री भएका छन् । त्यसैगरी राप्रपा नेपालबाट कमल थापा र रामकुमार सुब्बा मन्त्री भएका छन् ।एमाओवादीबाट हरिबोल गजुरेलले मन्त्रीको सपथ लिएका छन् । त्यसैगरी मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले पनि मन्त्री पदको सपथ लिएका हुन् ।