Live Streaming

दसैंमा घर जाने यात्रुहका लागि लामो दूरीका सवारी साधन संचालनमा

काठमाडौं,२५ असोज । दसैंमा काठमाडौ उपत्यकाबाहिर जाने यात्रुहरुले आजदेखि सवारी साधन पाउने भएका छन् । सरकार, यातायात व्यवसायी र नेपाल आयल निगम बीच भएको सहमति अनुसार दसैंका लागि विशेष सुरक्षा सर्तकर्तासहित आज देखि लामो दुरीका सवारी साधन सञ्चालन गरिने भएको हो ।

जस अनुसार आजदेखि ८ दिनसम्म ६ हजार २ सय ५० वटा ठुला बसहरु सञ्चालनमा आउनेछन् ।  आयल निगमले अन्य ठाउँमा आपुर्ति गरिरहेको तेल कटौती गरेर लामो दुरीका बसलाई दिन सुरु गरेपछि लामो दुरीका सबारी साधन सञ्चालन हुन लागेका हुन् ।  भोली तीन बजेदेखि राजधानीका नीजि प्रेट्रोल पम्पले पनि नीजि सवारी साधनलाई पेट्रोल तथा डिजेल प्रदान गर्ने भएका छन ।