Live Streaming

​नव निर्वाचति प्रधानमन्त्री ओलीले आज पद तथा गोपनियताको शपथ लिँंदै

काठमाडौं,२५ असोज । नवनिर्वाचित प्रधानमन्त्री केपी ओलीले आज पद तथा गोपनियताको शपथ लिनुहुने भएको छ । आज दिउँंसो १ बजे राष्ट्रपति रामबरण यादवसमक्ष प्रधानमन्त्री ओलीले पद तथा गोपनियताको सपथ लिनुहुने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

संसदमा हिजो भएको निर्वाचनमा प्रधानमन्त्री पदका अर्का प्रत्यासी शुसिल कोईरालाई ७९ मतले पराजित गर्दै ओली देशको ३८ औ प्रधानमन्त्री निर्वाचित हुनुभएको थियो । संसदमा भएको निर्वाचन परिणामको जानकारी सभामुख सुबासचन्द्र नेङवाङले राष्ट्रपति यादवलाई हिजै जानकारी गराउनुभएको थियो । सपथ पछि आजै साँढे २ बजेपछि नवनिर्वाचित प्रधानमन्त्री ओलीले सिंहदरबार पुगि पदभार ग्रहण गर्नुहुनेछ ।

यसैबिच आजै केहि मन्त्रीहरुको पनि सपथ ग्रहण गर्ने तयारी गरिएको छ । ओलीको नेतृत्बलाई प्रस्ताब गर्ने एनेकपा माओबादि र समर्थक राप्रपा नेपालका केहि मन्त्रीहरुलाई आजै सपथ गराई सानो आकारको मन्त्री परिषद गठन गर्ने तयारी भएको ओली निकट श्रोतले जनाएको छ ।