Live Streaming

​करेन्ट लागेर सहचालकको मृत्यु

रत्नप्रसाद आचार्य
इटहरी,२४असोज । सुनसरी सदरमुकाम इनरुवामा करेण्ट लागेर एक जनाको मृत्यु भएको छ । आइतवार पार्किङ गरेर राखेको बसको छतमा लुगा सुकाउने क्रममा करेण्ट लाग्दा  ४ ख ३४६२ नम्बरको यात्रु बसका सहचालक बुटवल घर भएका २० वर्षीय किरण भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी श्यामसिंह चौधरीले बताए । 

भण्डारीको इनरुवा ३ स्थित हाईट्रोलिक ग्यारेज नजिकै पार्किङ गरेको बसमाथि लुगा सुकाउदै गरेको अबस्थामा  विजुलीको हाइटेन्सन तारबाट करेण्ट करेण्ट लागेर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल सुनसरी लैजाने क्रममा बाटैमा मृत्यु भएको चौधरीले बताए । मृतक भण्डारीको सव परिवारलाई बुझाउन परिवारलाई खबर गरिसकिएको पनि प्रहरीले बताएको छ ।