Live Streaming

प्रधानमन्त्रीका लागि ओलीलार्इ गच्छदारले सघाउने

काठमाडौं,२४ असोज । विजय गच्छादार नेतृत्वको मधेसी जनाधिकार फोरम लोकतान्त्रिकले प्रधानमन्त्रीका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलार्इ समर्थन गर्ने भएको छ । एमाले नेतृत्व र फोरम लोकतान्त्रिकबीच आइतबार आठबुँदे सहमति भएपछि ओलीलार्इ सघाउने निर्णय भएको हो ।ओलीलार्इ प्रधानमन्त्री बनाउन दुर्इ दलबीच आठ बुँदे सहमति भएको जानकारी एमाले उपाध्यक्ष भीम रावलले जनाकारी दिए ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्रीका उम्मेदवार केपी ओली, एमाअाेवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारबीच ८ बुँदे सहमतिमा हस्ताक्षर भएपछि ओलीको प्रधानमन्त्री हुने बाटो सजिलो भएको छ ।तीन पार्टीले मधेसमा जारी आन्दोलनलार्इ सम्बोधन गर्न यथाशिघ्र संविधान संशोधन गर्ने, प्रत्येक जिल्लामा एउटा नघटाइ निर्वाचनक्षेत्र बनाउने, मधेस आन्दोलनका मृतकका परिवारलार्इ राहत दिने, घाइतेहरुको सरकारले उपचार गर्नेसहितका बुँदामा हस्ताक्षर गरेपछि गच्छदार सरकारमा आउन सहमत भएका हुन् ।