मधेशी मोर्चा छलफमा व्यस्त
काठमाडौं,२४ असोज । तराईमा आन्दोलनरत दुईवटै मधेशी मोर्चाले प्रधानमन्त्रीका उम्मेदवार सुशील कोइराला वा केपी ओली कसको पक्षमा मतदान गर्ने भन्ने निर्णय गर्न मधेसि मोर्चा आन्तरिक छलफलमा जुटेका छन् । । दुवै मोर्चाले कंग्रेस उम्मेदवार कोइरालालाई मत दिने तयारी गरेको स्रोतले बताएको छ । सरकारलाई सहयोग गर्नेबारे फोरम नेपाल, तमलोपा, सद्भावना पार्टी र तराई मधेश सद्भावना पार्टी सम्मिलित संयुक्त मधेसी मोर्चाले आन्तरिक छलफल गरि औपचारिक निर्णय गर्नेभएका हुन् । जारी बैठकमा प्रधानमन्त्री पदका २ उमेद्बार मध्ये कसका पक्षमा मतदान गर्ने भन्ने निर्णय लिइने सद्भावना सहअध्यक्ष लक्षणलाल कर्णले बताउनुभयो । त्यसैगरी, बिजय गच्छदार नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चाको बैठक अहिले बसिरहेको छ