Live Streaming

​आजदेखि बिक्री व्यवस्थामा परिवर्तन

काठमाडौं,२४ असोज । नेपाल आयल निगमले मौज्दात इन्धनको आपुर्ति व्यावस्थापनका लागि आजदेखि बिक्री व्यवस्था फेरी परिवर्तन गरेको छ । निगमले आज देखि लामो दुरीका ठुला बसहरुलाई नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सिफारिसमा डिजेल दिने भएको छ ।  दशैंलाई लक्षित गरी लामो दुरीका बसहरु भोली देखि सञ्चालनमा आउने भएपछि ती बसलाई आवश्यकता अनुसार डिजेल आपुर्ति गर्न लागेको हो ।

यसैगरी अतिआवश्यक वस्तु ढुवानी कार्यमा संलग्न सवारी साधनलाई जोर र बिजोर पालोका दिन १० लिटर तेल उपलब्ध गराइनेछ भने एम्बुलेन्स, दमकलजस्ता अतिआवश्यक कार्यमा संलग्नसवारी साधनलाई १० लिटर इन्धन आपुर्ति गराइने निगमले जनाएको छ । यसैगरी अतिआवश्यक सेवामा संलग्न जेनेटरका लागि सिमित मात्रामा प्रहरी कल्याण कोष पम्प नक्साल र शक्ति पेट्रोलपम्प लगनखेलबाट उपलब्ध गराउने निगमले जनाएको छ । नीजि  चारपांग्रे सवारी साधनले आगामी मंगलबार मात्र ५ लिटरका दरले इन्धन पाउनेछन् ।  यस्तै ट्याक्सीलाई प्रतिहप्ता १० लिटर, सरकारी मोटरसाइकललाई हप्ताको ३ लिटर इन्धन उपलब्ध गराइनेछ भने निर्माण सेवासँग सम्बन्धित सवारी साधनलाइ इन्धन आपुर्ति गराउन नसकिने निगमले जनाएको छ ।