Live Streaming

​दसैंका नयाँं नोट बजारमा

काठमाडौं,२४ असोज। हिन्दुहरुको महान पर्व दसैंको अबसर पारेर नेपाल राष्ट्र बैकले आजबाट नयाँ नोट वितरण गर्ने भएको छ । राष्ट्र बैकले देशभरका शाखाहरुबाट सर्बसाधारणहरुका लागि नयाँ नोटको वितरण आजबाट सुरु गर्न लागेको हो ।

यो वर्ष गत वर्षको भन्दा १८ प्रतिशत  अर्थात १० अर्ब रुपैया बढी नोट बजार पठाएको राष्ट्रिय बैंकले जनाएको छ । राष्ट्र बैँकले यस वर्ष ५७ अर्ब ८५ करोड ५० लाख बजारमा पठाएको जनाएको छ । नेपाल राष्ट्र बैंकले गत वष ४७ अर्ब ४१ करोड ९० लाख बजारमा प्रवाह गरेको थियो ।

गत वर्षको तुलनामा यस वर्ष माग बढी हुने अनुमानका आधारमा नयाँ नोटको प्रवाह बढी गरिएको बैकले जनाएको छ । नेपाल राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पङ्गेनीर्ले  नेपाल राष्ट्र बैंकका देशधरका शाखाबाट  सर्वसाधारणलाइ नयाँ नोट बितरण आज बाट सुरु गर्ने जानकारी दिनुभयो  ।