भोलीदेखि लामो दुरीका सवारी साधन सञ्चालनमा आउने
काठमाडौं,२४ असोज । उपत्यकाबाहिर जाने यात्रुहरुले भोलीदेखि सवारी साधन पाउने भएका छन् । सरकार, यातायात व्यवसायी र नेपाल आयल निगम बीच भएको सहमति अनुसार दशैंका लागि विशेष सुरक्षा सर्तकर्तासहित भोलीदेखि लामो दुरीका सवारी साधन सञ्चालन गरिने भएको हो । जस अनुसार भोली देखि ८ दिनसम्म ६ हजार २ सय ५० वटा ठुला बसहरु सञ्चालनमा आउनेछन् ।
सम्झौता अनुसार लामो दुरीका यातायातले दैनिक १ सय ५० लिटर डिजल पाउनेछन् भने दशैं अवधिभरका लागि ७४ लाख ९६ हजार डिजेल र पेट्रोल माग गरिएको नेपाल यातायात राष्ट्रिय महासंघले जनाएको छ ।
आयल निगमले अन्य ठाउँमा आपुर्ति गरिरहेको तेल कटौती गरेर लामो दुरीका बसलाई दिने जनाएको छ । भोलीदेखि घर जान चाहने यात्रुहरुले एक दिनअघि नयाँ बसपार्क, सुन्धारा, कलंकी, गौशाला, कोटेश्वर, चाबहिल, बल्खु लगायतका टिकट काउन्टरबाट टिकट लिन सक्नेछन् । नाकाबन्दी र असुरक्षाका कारण यो वर्ष अग्रिम टिकट बुकिङ नभएकाले यात्रुहरुको चाप निकै बढ्ने अनुमान गरिएको छ ।