प्रधानमन्त्री चयनका लागि आज निर्वाचन
काठमाडौं,२४ असोज । नयाँ प्रधानमन्त्रीका लागि कंग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष अध्यक्ष केपीओलीबिच आज चुनावी प्रतिष्पर्धा हुँदैछ । नेपालको ३८ औ प्रधानमन्त्री चयनका लागि आज बिहान ११ बजेपछि व्यवस्थापिका संसदमा निर्वाचन प्रक्रिया सुरु हुँंदैछ । कुनै पनि सांसद्ले निर्वाचनमा तटस्थ बस्न र अनुपस्थित हुन नपाउने संसदको नियमावलीको प्रावधान छ । अधिकांश दलले आफ्ना सांसद्लाई अनिवार्य उपस्थितीका लागि ह्वीप जारी गरेकाले मुलुकले आजै नया प्रधानमन्त्री पाउने संसद सचिवालयका अधिकारीहरुले बताएका छन् ।
बिहान ११ बजे संसद् बैठक शुरु भएपछि शुरुमै प्रधानमन्त्री पदका उम्मेदवार कोइराला र ओलीलाई आफ्नो उम्मेदवारीबारे बोल्न दिने कार्यक्रम रहेको सचिवालयले जनाएको छ । त्यसपछि दुवै उम्मेदवारका प्रस्तावक र समर्थकले आ–आफ्ना उम्मेदवारको पक्षमा मत मागेपछि उम्मेदवारी फिर्ता लिन समय दिइनेछ । उम्मेदवारी फिर्ता नभए त्यसपछि मतदानको प्रक्रिया सुरु हुनेछ ।