पत्रकारलाई नोबेल साहित्य पुरस्कार
काठमाडौं, २२ असोज । बेलारूसकी लेखिका स्वेतलाना एलेक्सिविचलाई सन् २०१५ को नोबेल साहित्य पुरस्कार दिने घोषणा गरिएको छ। बहुआयामिक मानवीय त्रासदीसँग जोडिएको र साहसिक समकालीन लेखनका लागि उनलाई यो पुरस्कार दिइएको स्विडिस एकेडेमीले बिहीबार घोषणा गरेको हो।र्नोबिल परमाणु दुर्घटना एवं द्वितीय विश्वयुद्धको भावनात्मक पक्षलाई सशक्त तरिकाले प्रस्तुत गरेका एलेक्सिविचलाई अन्तर्राष्ट्रिय ख्याति मिलेको हो।
काठमाडौं, २२ असोज । बेलारूसकी लेखिका स्वेतलाना एलेक्सिविचलाई सन् २०१५ को नोबेल साहित्य पुरस्कार दिने घोषणा गरिएको छ। बहुआयामिक मानवीय त्रासदीसँग जोडिएको र साहसिक समकालीन लेखनका लागि उनलाई यो पुरस्कार दिइएको स्विडिस एकेडेमीले बिहीबार घोषणा गरेको हो।र्नोबिल परमाणु दुर्घटना एवं द्वितीय विश्वयुद्धको भावनात्मक पक्षलाई सशक्त तरिकाले प्रस्तुत गरेका एलेक्सिविचलाई अन्तर्राष्ट्रिय ख्याति मिलेको हो।नोबेल कमिटीले ‘विविधताले भरिएको लेखन, पीडाको स्मरण र आफ्नो समयको साहस’ भनेर उनका कृतिको वर्णन गरेको छ ।
उनका कयौं कृति थुप्रै भाषामा अनुदित र अन्तर्राष्ट्रिय पुरस्कार जित्न पनि सफल भएका छन् । नोबेल साहित्य पुरस्कारका साथ उनले ८० लाख क्रोनर पाउने छिन् ।उनले रूसी भाषामा लेख्दै आएकी छन् । रूसी भाषामा लेखिएका उनका कृति बेलारूसमा प्रकाशित गर्न अनुमति दिइएन । बेलारूसमा लामो समयसम्म राष्ट्रपति एलेक्जेन्डर लुकासेन्को सत्तामा थिए । तानाशाही शासनका पक्षपाती एलेक्जेन्डरले उनका कृति बेलारूसमा प्रकाशित गर्ने अनुमति दिएनन् ।
एलेक्सिविचले लघुकथा, उपन्यास र रिपोर्ताज पनि लेखेकी छन् । स्विडिस एकेडमीले गत ३०/४० वर्षदेखि स्वेतलाना सोभियत संघ र त्यसको विघटनपछि उत्पन्न रिस्थितिको मार्मिक चित्रण गर्नु उनको विशेषता भएको उल्लेख गरेको छ । ६७ वर्षीया एलेक्सिविच खोजी पत्रकार एवं पक्षी विज्ञान विशेषज्ञका रूपमा पनि चिनिन्छिन् । नोबेल पुरस्कार पाउने उनी पहिलो पत्रकार पनि हुन् । नोबेल पुरस्कारका निम्ति स्वेतलानाको नाम गत वर्ष युराल फेडरल विश्वविद्यालयले सिफारिस गरेको थियो ।
‘भ्वाइसेज फ्रम चेर्नोबिल’, ‘जिन्की ब्यायज’, ‘वार्स अनवुमन्ली फेस’ उनका निकै चर्चित कृति हुन् । उनी नोबेल साहित्य पुरस्कार पाउने १४औं महिला हुन् । यो वर्ष उक्त पुरस्कारका लागि एक सय ९८ जनाको नाम चयन गरिएको थियो ।