छत्तीस इन्धनका गाडीसहित ६२ वटा गाडी भित्रिए
विराटनगर, २२ असोज । विराटनगर भन्सार कार्यालयको परिसरमा भारतबाट छत्तीसवटा पेट्रोलियम पदार्थका गाडीसहित ६२ वटा गाडी भित्रिएका छन् । सोमध्ये २४ वटा डिजेल बोकेका ट्याङ्कर, तीनवटा पेट्रोल बोकेका ट्याङ्कर र नौवटा ग्यास बुलेट रहेको भन्सार कार्यालयका प्रमुख कृष्ण बस्नेतले जानकारी गराउनुभयो ।
साथै मालवाहक ट्रक, कच्चापदार्थ बोकेका ट्रकहरु छन् । वेलुकीसम्म थप पेट्रोलियम पदार्थसहितका गाडी आउने सम्भावना रहेको उहाँले बताउनुभयो । सो नाकाबाट बिहीबार पेट्रोलियम पदार्थ बोकेका एउटा पनि गाडी भित्रिएका थिएन ।आज विहानैदेखि पेट्रोलियम पदार्थका गाडीहरु भित्रिने क्रम सुरु भएको हो । रासस