बहुमतिय सरकार गठनको प्रक्रिया सुरु
काठमाडौं,२१ असोज । राष्ट्रपति रामवरण यादवले बहुमतीय प्रक्रियाद्वारा सरकार गठन प्रक्रिया अघि बढाउन व्यवस्थापिका संसदलाई आह्वान गर्नुभएको छ । असोज १५ गते दिएको एक साताको समय हिजोसम्म सहमतीय सरकार गठन हुन नसकेपछि राष्ट्रपति यादवले संविधानको धारा २ सय ९८ को उपधारा ३ अनुसार बहुमतीय सरकार गठन प्रक्रिया अघि बढाउन आज विहान संसदलाई पत्र पठाउनुभएको हो ।
राष्ट्रपतिको पत्र पाएपछि संसद्ले आजैदेखि बहुमतीय आधारमा प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया थाल्दैछ । भोली प्रधानमन्त्रीको उम्मेदवारी दिने, फिर्ता लिनेलगायत चुनावी कार्यक्रम सञ्चालन गर्ने र पर्सी आइतबार निर्वाचन गराउने तयारी भइरहेको संसद् सचिवालयका अधिकारीहरुले बताएका छन् ।