Live Streaming

करेन्ट लागेर सेनाका जवानको मृत्यु

देवचन्द्र भट्ट

नुवाकोट,२२ असोज । व्यारेक भित्रै करेन्ट लागेर नुवाकोटमा एकजना सैनिकको मृत्यु भएको छ ।विदुर नगरपालिका सिचाइँमा रहेको फस्ट राइफल गणमा कार्यरत सिपाही २९ वर्षीय विक्रम थापाको बिहीबार राति गणभित्रै करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

दाङको त्रिभुवन नगरनगरपालिका३ घर भएका सिपाही थापाको गणभित्रै विजुलीको वायरिङ गर्ने क्रममा करेण्ट लागेर गम्भीर घाइते भएका थिए ।उपचारको क्रममा नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा उनको मृत्यु भएको प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिए ।