दशगजा मिचेर भारतले बस्ती बसायो
रत्नप्रसाद आचार्य
कप्तानगन्ज, (सुनसरी),२२ असोज । भारतले सुनसरीको सिमावर्ती गाविसको नेपाली भूमि र दशगजा क्षेत्रमा अतिक्रमण गरी बस्ती बसाएको छ ।नेपाली भूमि अतिक्रमण गरी भारतले बस्ती बसाउँदा समेत नेपाल सरकार बेखबर बनेर बनेको छ । सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी बल भारतले नेपाली भूमि र दशगजा क्षेत्र अतिक्रमण गरी बस्ती बसाएको देख्दा पनि रमिते बनेको छ ।
सुनसरीका एक दर्जन गाविसको हजारौ विघा जमिन भारतले अतिक्रमण गरेको छ । भारतले अतिक्रमण गरी बसाएको बस्ती हटाउन नेपाल सरकारले कुनै चासो नदेखाएको स्थानीय बासिन्दाको गुनासो छ ।भारतको विहारराज्य अन्र्तगत रहेको हररिया र सुपौल जिल्ला र नेपालतर्फको सुनसरीको सिमावर्ती गाविसमा भारतले नेपाली भूमि अतिक्रमण गरी बस्ती बसाएको हो ।
दशगजा क्षेत्रमा जग्गा अतिक्रमण गर्न नपाइने अन्तर्राष्ट्रिय कानुन मिच्दै भारताले एकलौटी दशगजा क्षेत्र अतिक्रमण गरी बस्ती बसाएको हो ।भारतसँग सीमाना जोडिएका सुनसरीका हरीपुर, श्रीपुर लौकही, नरसिंह, बसन्तपुर, घुस्की, देवानगञ्ज, कप्तानगञ्ज, साहेबगञ्ज र अमडुवा गाविसमा हजारौ बिघा जमिन भारतले अतिक्रमण गरी बस्ती बसाएको छ ।
यस क्षेत्रको दशगजा क्षेत्रमा पनि भारतले अतिक्रमण गरी बस्ती बसाइ खेतीपाती गर्ने गरेको छ ।सुनसरी क्षेत्र नम्बर ४ का सांसद सीताराम मेहताले सुनसरीका दक्षिणि क्षेत्रको नेपाली भूमि र दशगजा क्षेत्रमा व्यापक अतिक्रमण भएको भन्दै अतिक्रमित भूमि खाली गराउन सरकारसँग माग गरेका छन् ।उनले भारतले जबरजस्ती नेपाली भूमि तिक्रमण गरेको घटनाको विरोध गर्दै बार्ताबाट समस्याको समाधान गर्न पनि सरकारलाई सुझाव दिएका छन् ।नेपालको सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरीसमेत नेपाली भूमि र दशगजा क्षेत्र अतिक्रमण हुँदा पनिचुप लागेर बसेको छ ।
सशस्त्र प्रहरीले हराएको सीमास्तम्भको अधावधिक गर्नेबाहेक सीमा सुरक्षामा सिन्कोसमेत भाँच्न नसकेको स्थानीयवासिन्दाले आरोप लगाएका छन् ।भारतद्वारा अतिक्रमित नेपाली भूभाग र दशगजा क्षेत्र नेपाल सरकारले फिर्ता गर्न नसकेको राजगन्ज सिनुवारीका गाविसका महेश्वर यादवले बताए ।सप्तकोसीमा पुल बनेसँगै भारतले सयौं वर्षदेखि नेपाली भूमि अतिक्रमण गर्ने क्रम अझै नरोकिएको सीमा खोजीकर्ता गोपाल कोइरालाले बताएका छन् । उनका अनुसार सुनसरीका विभिन्न ११ गाविसमा भारतले नेपाली भूमि अतिक्रमण गरी भारतले दर्जनौ बस्ती बसाएको छ ।
हरिपुर गाविसको कोसी व्यारेज इलाकाको सयौं विघा भूमि भारतले अतिक्रमण गरी बस्ती बसाएकोछ । श्रीपुर गाविस–१ स्थित लाही भन्सारक्षेत्र भारतले अतिक्रमण गरेको छ ।श्रीपुर गाविसका पूर्वप्रधानपञ्च अबधनारायण मरबैताको पूख्र्यौली घर जग्गा नै भारतले जबरजस्ती आफ्नो पारेको पीडित मरवैताले बताएका छन् ।कप्तानगन्ज गाविसको दशगजा क्षेत्रमा अतिक्रमण गरी भारतीय नागरिकका दुई दर्जन घर परिवार बसोवास गद्र्रै आएका छन् ।साहेवगञ्ज गाविसमा पनि भारतले नेपाली भूमि र दशगजा क्षेत्रमा ५० भन्दा बढी घर बनाएर बस्ती बसाएको छ ।
लौकही, नर्सिङ, हरिपुर र श्रीपुर बसन्तपुर, घुस्की, देवानगञ्ज र अमडुवा गाविसको दजगजा क्षेत्रमा समेत भारतले अतिक्रमण गरी बस्ती बसाइसकेको छ ।अतिक्रमित भूमि फिर्ता गराउन नेपाल सरकारले चासो नदेखाएको कप्तानगन्ज गाविसका स्थानीय उमेश मेहताले बताए ।सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले जिल्लाका दक्षिणी भेगमा अतिक्रमित नेपाली भूमि खाली गर्न दुबै दशका प्रतिनिधि सहमत भएपनि मधेश आन्दोलनका कारण ढिलाइ भएको बताएका छन् ।