रामचन्द्रलाई प्रचण्डको जवाफ
काठमाडौं,२२ असोज । प्रधानमन्त्रीको दौडमा रहेका नेपाली काग्रेसका उपसभापति रामचन्द्र पौडेलले आफूलाई समर्थन गर्न एमाओवादीलाई आग्रह गर्नुभएको छ । पार्टीले कसलाई उम्मेदवार बनाउने वा एमालेको नेतृत्वलाई समर्थन गर्ने भन्ने विषयमा ठोस निर्णय हुन बाँकी रहँदै आज विहान पौडेलले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग समर्थन माग्न लाजिम्पाट पुग्नुभएको थियो ।
पौडेलले पार्टीबाट आफू प्रधानमन्त्रीको उम्मेदवार बन्ने निश्चित प्रायः भएको भन्दै आफूलाई सहयोग गर्न आग्रह गर्नुभएको थियो । एमाओवादी अध्यक्ष दाहालले आश्वासन दिदै पौडेललाई पार्टीको विधान अनुसार प्रधानमन्त्रीको उम्मेदवार बन्न संसदीय दलको नेता हुनु पर्ने भएकाले पहिला संसदीय दलको नेता बनेर आउनुस् अनि सहयोग गरौला भन्ने जवाफ दिनुभएको श्रोतले जनाएको छ ।