Live Streaming

दसैंका लागि ५७ अर्ब ८५ करोड ५० लाखका नयाँ नोट बजारमा आउने

काठमाडौं,२१ असोज । हिन्दुहरुको महान पर्व बडा दसैं र दीपावलीका अवसरमा नेपाल राष्ट्र बैंककले ५७ अर्ब ८५ करोड ५० लाख नयाँ नोट बजार पठाउने भएको छ । यो रकम गत वर्षको तुलनामा १८ प्रतिशत अर्थात १० अर्ब बढी  हो । बैंकले गत वर्ष ४७ अर्ब ४१ करोड ९० लाख रुपैयाका सफा नोट बजारमा पठाएको थियो ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पङ्गेनीले राष्ट्र बैंकका सबै शाखा र काठमाडौं उपत्यकाको हकमा बैकिङ्क कार्यालय थापाथलीबाट आइतबारदेखि नयाँ नोट सटही गर्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।