Live Streaming

​अतिरिक्त उडान सेवा सञ्चालन अनिश्चित

 काठमाडौं,२० असोज । यात्रुहरुको चापलाई मध्यनजर गर्दै अतिरिक्त उडान गर्दै आएका आन्तिरिक वायु सेवा कम्पनिको अतिरिक्त उडान सेवा सञ्चालन अनिश्चित भएको छ । पछिल्लो समय देशमा भइरहेको ईन्धन अभावका कारण आन्तरिक वायु सेवा कम्पनीहरुले अतिरिक्त उडान गर्ने नगर्ने अनिश्चित बनेको हो ।

नेपाल आयल निगमले नियमित उडानका लागि मात्रै वायु सेवालाई इन्धन उपलब्ध गराउने बताएपछि यसअघि सञ्चालन हँुंदै आएको अतिरिक्त उडान सेवा यस वर्ष भने अनिश्चि बनेको हो । निगमले नियमित उडानका लागि एक महिनाका लागि मात्रै ईन्धन उपलब्ध गराउने वायुसेवा कम्पनीहरुलाई यसअघि नै बताइसकेको छ ।

दशैको चापमा यात्रुहरुको चाप अत्याधिक हुने भएपनि इन्धनकै अभावमा अतिरिक्त उडानको तालिका सार्बजनिक गर्न नसकिएको वायु सेवा सञ्चालक  संघका प्रबक्ता घनश्याम आचार्यले जानकारी दिनुभयो ।