तत्काल समाधान नभए अर्थतन्त्र गम्भीर अवस्थामा पुग्ने
काठमाडौं,१९ असोज । लामो समयको तराइ बन्द र भारतले गरेकोे नाकाबन्दीको समस्या तत्काल समाधान नगरे मुलुकको अर्थतन्त्र गम्भीर अवस्थामा पुग्ने भन्दै उद्योगी व्यवसायीले सरकारको ध्यानआकर्षण गराएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, परिसंघ, चेम्बर आफ कमर्स लगायत सबै निजी क्षेत्रले आज बिहान प्रधानमन्त्री सुशील कोइरालालाई ज्ञापन पत्र बुझाउँदै तत्काल यो समस्या समाधान गर्न आग्रह गरेका छन् ।
प्रधानमन्त्री निवास वालुवाटारमा आज बिहान ज्ञापनपत्र बुझाउन गएको उद्योगी व्यवसायीको टोलीले अहिलेको अवस्थामा दैनिक २ अर्ब भन्दा बढी राजश्व नोक्सान भैरहेकोले तत्काल समस्या समाधान नभए नेपाल गरीबीको दलदलमा फस्ने चेतावनी दिएका छन् । ज्ञापनपत्र बुझउँदै उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले भुकम्पका बेला नेपाललाई भएको नोक्सानी भन्दा अहिलेको नोक्सानी कयौं गुणा बढी रहेको भन्दै संबिधान आएकोमा उत्साहित भएका व्यवसायी हाल आएर निराश भएको बताउनुभयो ।
जवाफमा प्रधानमन्त्री कोइरालाले हाल बिद्यामान सबै समस्या हल गर्न सरकार र शिर्ष नेताहरु लागिरहोले छिट्टै समस्याको समाधान हुने बताउनुभयो । उहाले तराईमा आन्दोलनरत पक्ष वार्ता र सहमतिका लागि सरात्मक देखिएको र भारतले नाकाबन्दी नहटाए तत्काल विकल्प खोजिने भएकाले चाडै समस्या समाधान हुने ढुक्क हुन आग्रह समेत गर्नुभयो ।